पाँच कम्पनीको समायोजित मूल्यमा मंगलबार कारोबार खुल्दै

0
Shares

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाँच कम्पनीको समायोजित मूल्यमा सेयर कारोबार खुल्दैछ ।

नेप्सेका अनुसार सोमबार सिभिल बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, पोखरा फाइनानस, आइसिएफसि फाइनान्स र सिवाइसी नेपाल लघुवित्तको बोनसपछि समायोजिचत सेयरमूल्यमा कारोबार खुल्न लागेको हो । सोमबार समायोजित भएको सेयरमूल्यलाई आधार मानेर मंगलबार पाँचवटै कम्पनीको सेयर कारोबार धितोपत्रको दोस्रो बजारमा खुल्नेछ ।

पाँचवटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि आज पुस १९ गते मंगलबार बुकक्लोज गरेका हुन् । बुकक्लोजसँगै नेप्सेले बोनस सेयर समायोजनपछि सोमबार कारोबार समयपछि नयाँ भाउ तोकेको हो । सोमबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर सबै पाँचवटै कम्पनीको भाउ समायोजन गरिएको छ ।

नेप्सेका अनुसार सिभिल बैंकको ५ प्रतिशत बोनस सेयरपछि समायोजित सेयर मूल्य प्रतिकित्ता २३८ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । सोमबार बैंकको सेयर प्रतिकित्ता २५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

आइसिएफसि फाइनान्सको ५ प्रतिशत बोनस सेयरपछि समायोजित सेयर मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ । सोमबार कम्पनीको सेयर प्रतिकित्ता ४६८ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

त्यस्तै, श्री इन्भेष्मेन्ट फाइनान्सको २।४० प्रतिशत बोनस सेयरपछि नेप्सेले समायोजित सेयर मूल्य प्रतिकित्ता ३२९ रुपैयाँ १० पैसा निर्धारण गरेको छ । सोमबार कम्पनीको सेयर प्रतिकित्ता ३३७ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै पोखरा फाइनान्सको ४ प्रतिशत बोनस सेयरपछि समायोजित सेयर मूल्य प्रतिकित्ता ३७३ रुपैयाँ ८ पैसा निर्धारण गरेको छ । सोमबार कम्पनीको सेयर प्रतिकित्ता ३८८ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

र सिवाईसी नेपाल ल्घुवित्तको ३० प्रतिशत बोनस सेयरपछि नेप्सेले लघुवित्तको समायोजित सेयर मूल्य प्रतिकित्ता १९२९ रुपैयाँ २३ पैसा निर्धारण गरेको छ । सोमबार कम्पनीको सेयर प्रतिकित्ता २५०८ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १९ पुस २०७९, मंगलबार  १० : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।