डिजिटल रुपमा सुरक्षित रहनका लागि नेपाल टेलिकम कम्पनीले आफ्नै नाममको सिमकार्ड प्रयोग गर्न सेवाग्राहीलाई पुनः आग्रह गरेको छ ।
कम्पनीले अहिले हरेक स्थानमा मोवाइल नम्बर अनिवार्य हुँदै गएको बताउँदै आगामी दिनमा कुनै डिजिटल डकैती वा जोखिमबाट बच्न आफनै नामको सिमकार्ड प्रयोग गर्न आग्रह गरेको हो ।
अहिले मोबाइल नम्बर (सिमकार्ड) कुराकानी गर्ने, सन्देश पठाउने र इन्टरनेट चलाउन सजिलो माध्यमका रुपमा मात्रै सिमित छैन । राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ कारोबार, शेयर कारोबार, नगद लेनदेन तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोगले जीवनशैली सहज बन्दै गएको छ ।
यसका साथै मोबाइल नम्बरको माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्यांकदेखि कागजातहरु, बचत तथा अन्य मूल्यवान र दैनिक प्रयोगमा रहने सामग्री र सूचनाहरुमा पहुँच पु¥याउन सक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै समवेदनशील बन्न पुगेको छ ।
यस्तो अवस्थामा प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता नरहेको वा अरु कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्यांक, बैंकिग कारोबार र अन्य कतिपय महत्वपूर्ण व्यक्तिगत सामग्रीहरु असम्बन्धित व्यक्तिको पहुँचमा पुग्नसक्ने जोखिम रहने कम्पनीको भनाई छ ।
्त्यसैले प्रयोगकर्ताको मोबाइल बैंकिङको दुरुपयोग भई नगद गुमाउनुपर्ने, सामाजिक सञ्जालको अनधिकृत प्रयोग भई सुरक्षाको जोखिम लगायत अनेक कानूनी झमेलामा समेत पर्ने सम्भावना रहने भन्दै कम्पनीले सेवाग्राहीलाई आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको, बिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न आग्रह गरेको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया