शेयर बजार स्थिर रहदा दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

0
Shares

साताको अन्तिम दिनको शेयर बजार सकारात्मक भएर बन्द भएको छ । विहीबार नेप्से सूचक करिब एक अंकले बढ्दा २३ करोड बराबरको कारोबार भयो ।

बिहीबार नेप्से ०.७९ अंकले बढेर ११३५.९५ विन्दुमा पुगेको छ । यसदिन १६३ कम्पनीको । ८ लाख ३३ हजार ८८१ कित्ता शेयर २२ करोड ८३ लाख रुपैयाँ बराबरमा किनबेच भयो ।

कुल १२ वटा समूहको कारोबार भएको बजारमा ८ वटा समूहको सूचक बढेका छन् भने ४ समूहका ओरालो लागे ।

सबैभन्दा धेरै उत्पादन समूहको २२ अंकले उकालो लाग्यो । वाणिज्य बैंक समूहको सूचक १.३८ अंकले बढेको छ । जीवन बीमा समूहको पनि दोहोरो अंक अर्थात १३ अंकले उकालो लागेको छ ।

यसदिन पनि एनएमबि बैंकको उच्च कारोबार भयो । एनएमबिको ४ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै, नेपाल बैंकको एक करोड ३३ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो । एनएमिब र नेपाल बैक दुवैको शेयरमूल्य बढेर कारोबार भएको हो । हिमालयन डिष्टिलरीको पनि एक करोड ३१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

बजारमा दुई कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी साल्ट ट्रेडिङ् कर्पोरेसनको शेयर मूल्य ९.९१ प्रतिशतले बढेको छ । कम्पनीको शेयर मूल्य ८५ रुपैयाँले बढेर प्रतिकित्ता ९४३ रुपैयाँ पुगेको छ । त्यस्तै, पाँचथर पावर कम्पनीको सेयर मूल्य ९.६८ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी ग्लोबल आइएमई समुन्नत योजना–१ को इकाई मूल्य ५.६६ प्रतिशतले घटेको छ । आँखुखोला र रिडी हाइड्रको शेयर मूल्य पनि ५ प्रतिशत बढीले ओरालो लागेको छ ।