कामना सेवा विकास बैंकले पुस मसान्तसम्म साधारण सभा गर्न नसक्ने

0
Shares

कामना सेवा विकास बैंकले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने भएको छ ।  बैंकले आज शुक्रबार एक सूचना जारी गर्दै वार्षिक साधारण सभा पुस मसान्तसम्म नहुने जानकारी दिएको हो ।

बाह्य लेखापरीक्षण कार्य सम्पन्न हुने प्रक्रियामा रहेकोले बैंकले आर्थिक वर्ष २०७८–७९को ६ महिनाभित्र सभा सम्पनन गर्न नसकेको हो । बैंकले हालसम्म आर्थिक वर्ष २०७८–७९ को वार्षिक वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकसमक्ष पेस गरेको छैन ।

पुस मसान्तसम्म नहुने जानकारी दिँदै बैंकले आउँदो चैत मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न गर्ने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।