मूल्य अभिवृद्धिकरमा बहुदर कायम गर्न निकासी पैठारी संघको माग

0
Shares

नेपाल समुद्रपार निकासी पैठारी संघले आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरलाई मूल्य अभिवृद्धिकर, आयकर र अन्तःशुल्क क्षेत्रका समस्या ध्यानाकर्षण गराएको छ ।

संघका उपाध्यक्ष सुनिलकुमार बंशल नेतृत्वको टिमले बिहीबार महानिर्देशक कुँवरलाई समस्याको जानकारी गराउदै समाधानका लागि आग्रह गरेको हो ।

मूल्य अभिवृद्धिकरमा बहुदर कायम गर्न र अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिने यात्रुलाई तोकिएभन्दा बढी परिमाणमा मदिरा ल्याउन नदिन पनि संघले आग्रह गरेको छ । कारोबार बन्द गर्न खोज्दा करका कारणले विभिन्न झमेला हुने र तयारी वस्तुमा भन्दा कच्चा पदार्थमा बढी अन्तःशुल्क लाग्ने गरेको तर्फ पनि संघले जानकारी गराएको थियो ।

महानिर्देशक कुँवरले संघले उठाएका उपयुक्त मुद्दाहरुलाई सम्बोधन गर्नेतर्फ पहल गर्ने बताए । संघका महासचिव शिवकुमार अग्रवाल, सचिव अनिलकुमार अग्रवाल, कोषाध्यक्ष कुमार कार्की तथा कार्यसमिति सदस्यहरु आकाश गोल्छा, गौरव शारडा, विष्णुकुमार जोशी, मदन मित्तल, रामचन्द्र खेतान र प्रभातकुमार सर्राफ सहभागी थिए ।