महिन्द्राको नयाँ एसयुभी लञ्च, मूल्य कति ?

0
Shares

भारतीय अटोमेकर कम्पनी महिन्द्राले नयाँ वर्षको अवसरमा महिन्द्रा थार ४एक्स२ आरडब्लुडी मोडलको एसयुभी लञ्च गरेको छ ।

कारको बिक्री सन् २०२३ को १४ जनवरी देखि सुरु हुने कम्पनीले जनाएको छ । भारतीय बजारमा थार ४एक्स२ आरडब्लुडीको मूल्य ९ लाख ९९ हजार भारु देखि १३ लाख ४९ हजार सम्मको रहेको छ ।

३ मोडलमा थार ४एक्स२ लञ्च भएको छ । जसअन्तर्गत एक्स आरडब्लुडी डिजेल मोडलको थारको मूल्य ९ लाख ९९ हजार, एलएक्स आरडब्लुडी डिजेल एमटीको मूल्य १० लाख ९९ हजार र एलएक्स आरडब्लुडी पेट्रोल एटीको मूल्य १३ लाख ४९ हजार रहेको छ ।

के के छन् विशेषता ?

महिन्द्राले लञ्च गरेको थार मोडलको कारमा १.५ लिटर क्षमता भएको डिजल इन्जिन उपलब्ध छ । जसले ११७ ब्रेक हर्स पावर जेन्रेट गर्न सक्छ । साथै ६ स्पीड म्यानुअल गियरबक्स पनि उपलब्ध छन् । ४एक्स२ थारमा २ लिटरको टर्बो पेट्रोल मोटर रहेको छ ।

भारतमा थार मोडलका कारहरुको माग बढ्दै गएको र यसले ग्राहकहरुको मागलाई सम्बोधन गर्ने कम्पनीको अटोमोटिभ विभाग प्रमुख बिजय नक्राले जनाएका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।