सुपर हेवा पावरले साढे ११ करोडको आईपीओ लक्ष्मी क्यापिटल मार्फत जारी गर्ने

0
Shares

सुपर हेवा पावर कम्पनी लिमिटेडले साढे ११ करोड रुपैयाँ बढीको साधारण सेयर जारी गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकति दरका ११ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको ११ लाख ५४ हजार ३६० कित्ता साधारण शेयर गर्ने छ । जसका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका छन्।

सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।