बैंक अफ काठमाण्डूको वित्तीय विवरणमा देखिएन सन्तुलन, घट्यो खुद नाफा

0
Shares

बैंकको अफ काठमाण्डूले गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । पूँजी वृद्धिको अनुपातमा नाफा नबढ्दा बैंकको प्रतिशेयर आम्दानी समेत घटेको छ ।

बैंकले असोज मसान्तसम्म ३८ करोड ३७ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकको खुद नाफा ०.८० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३८ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा १८ करोड ७६ लाख रुपैयाँ छ ।

बैंकले समीक्षा अवधिमा ८५ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन र कर्जा लगानीमा सामान्य सुधार देखिएको छ । यसबाट बैंकले खुद ब्याज आम्दानी ९७ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ।

यसअवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८४ पैसाले घटेर १९ रुपैयाँ ०४ पैसामा झरेको छ । चुक्ता पूँजी करिब १४ प्रतिशतले बढाएको बैंकको सोही अनुपातमा नाफा नबढ्दा प्रतिशेयर आम्दानी घटेको हो । बैंकको चुक्ता पूँजी आठ अर्ब ६ करोड छ । बैंकको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ७५ पैसा छ ।

बैंकको खराब कर्जा १.७३ प्रतिशत छ । बैंक अफ काठमान्डूले गत वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर वितरण गरेको छ ।