कुमारी बैंकको सुधारउन्मुख प्रगति, नाफा तथा प्रतिशेयर आम्दानीमा सुधार

0
Shares

कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४० करोड १९ लाख खुद नाफा कमाएको छ । बैंकको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १४.२६ प्रतिशतले बढी हो ।

गत वर्ष आर्थिक बर्षको यसै अवधिमा बैंकको खुद नाफा ३५ करोड १८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २५ करोड ४८ लाख रुपैयाँ छ ।

बैंकको खुद ब्याज आम्दानी, संचालन नाफा लगायतमा सुधार देखिएको छ । पहिलो तीन महिनामा ५६ करोड ६२ लाख रुपैयाँ संचालन नाफा गरेको छ ।

बैंकले असोज मसान्तसम्म ७८ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब २४ करोड रुपैयाँ अर्ब कर्जा प्रवाह गरेको छ । यसबाट बैंकले ९१ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। खुद ब्याज आम्दानी १० करोड ८ लाख रुपैयाँ बढी हो।

बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड ४१ लाख रुपैयाँ छ। जगेडा कोषमा २ अर्ब २४ करोड १७ लाख रुपैयाँ र शेयरधनी कोषमा २७ करोड ९१ लाख रुपैयाँ सञ्चित गरेको छ।

बैंकको प्रतिशेयर आम्दानी ६३ पैसा बढेर १६ रुपैयाँ ८३ पैसा, प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ३९ पैसा र मूल्य आम्दानी अनुपात १०.७५ प्रतिशत छ बैंकको खराब कर्जा घटेर १.०५ प्रतिशतमा झरेको छ ।