स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, अघिल्लो आवको तुलनामा घट्यो

0
Shares

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तको पुस २७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट कम्पनीले १९ प्रतिशत बोनस र कर सहित ६ प्रतिशत नगद लाभांश गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीले ३.९४७४ प्रतिशत बिन्दुले कम हो ।

हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार ८६२ रुपैयाँ रहेको छ । प्रस्तावित १६ करोड ८३ लाख २५ हजार ५०० रुपेयाँ बराबरको बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १अर्ब २९ करोड ४ लाख ९६ हजार रुपैयाँ पुग्नेछ । त्यस्तै कम्पनीले कर प्रयोजनका लागि ६ करोड ७९ लाख २० हजार रुपैयाँ नगद बाँड्नेछ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ पुस २०७९, बिहिबार  ११ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।