लक्ष्मी बैंकको वासलातको आकार १७३ अर्ब पुग्यो

0
Shares

लक्ष्मी बैंकको बाइसौं वार्षिक साधारणसभा पौष २८ गते काठमाडौंमा सम्पन्न भएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आ.व. २०७८/७९ मा बैंकले १३९ अर्ब निक्षेप संकलन गरी १३२ अर्ब कर्जा पु¥याएको बैंकको वासलातको आकार १७३ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको थिएन । केहि दिन अघि मात्र लक्ष्मीले सनराइज बैंकसँग बराबरी हैसियतमा मर्जरमा जाने सम्झौता गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।