कालिका लघुवित्त वित्तीय संस्थाले चैतभित्र वार्षिक साधारण सभा गर्ने

0
Shares

कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८।७९ को वार्षिक साधारण सभा पुस समान्तभित्र सम्पन्न गर्न नसकिने जानकारी दिएको छ ।
कम्पनीले बिहीबार सूचना जारी गर्दै वार्षिक साधारण सभा चैत मसान्तभित्र सम्पन्न गर्ने जनाएको हो ।

गत आवको बाह्य लेखापरीक्षण सम्पन्न गरी वित्तीय विवरण अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृतिको प्रक्रियामा रहेकोले पुस मसान्तभित्र वार्षिक साधारण सभा गर्न नसकिने कम्पनीले जानकारी गराएको हो ।

नेपाल राष्ट्र बैंकको नियमावली अनुसार बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने प्रावधान छ । यसरी ६ महिनाभित्र सभा सम्पन्न नगर्ने कम्पनीले आर्थिक जरिवाना तिर्नुपर्ने र नेप्सेको वर्गिाकरणमा समेत दोस्रो वर्गमा पर्ने गर्दछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: २८ पुस २०७९, बिहिबार  १४ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।