सेञ्चुरी बैंकको नाफा ३५ प्रतिशतले वढ्यो, प्रतिशेयर आम्दानी १७.६३ रुपैयाँ

0
Shares

सेञ्चुरी बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३७ करोड ८ लाख रुपैयाँ खुद नाफा गरेकोे छ । बैंकको यो नाफा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ३५.३२ प्रतिशतले धेरै हो । गत बर्ष बैंकले २७ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

तीन महिनाको अवधिमा बैंकको वितरण योग्य नाफा १८ करोड ७ लाख रुपैयाँ छ । 

चालु आवको असोजसम्ममा बैंकमा ६१ अर्ब २४ करोड रुपैयाँ ग्राहकको निक्षेप रहेको छ भने ५८ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

यो अवधीमा बैंकको खर्च करिब ३ करोड रुपैयाँले बढेको भएपनि सञ्चालन आम्दानीमा उच्च सुधार भएको देखिन्छ । सो अवधीमा बैंकको खुद ब्याज आम्दानी ८ करोड रुपैयाँले वढेको छ । त्यसैगरी बैंकको फि तथा कमिसन आम्दानी भने ६१ लाख रुपैयाँले घटेको छ ।

हाल ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको सञ्चित कोषमा १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधीमा बैंकको सञ्चित कोषमा १ अर्ब ११ करोड रुपैयाँ मात्र थियो ।

चालु आर्थिक वर्षको असोजसम्ममा बैंकको आधार ब्याजदर घटेर १०.४५ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको असोजसम्ममा बैंकको आधार ब्याजदर ११.५१ प्रतिशत थियो । यो असोजसम्ममा बैंकको कोषको लागत पनि घटेर ७.९९ प्रतिशत कायम भएको छ । यस्तो लागत गत आवको सोही अवधीमा ८.१० प्रतिशत थियो ।

तर, बैंकको चालु आवको पहिलो त्रैमासमा खराव कर्जाको अंश भने वढेको छ । यस अवधिमा बैंकको खराव कर्जा २.४७ प्रतिशत छ । गत आवको असोजसम्ममा बैंकको खराब कर्जा ०.८२ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको असोजसम्मको तथ्याङक अनुसार बैंकको प्रतिशेयर आम्दनी १७.६३ रुपैयाँ रहेको छ । गत आवको सोही अवधीमा बैंकको प्रतिशेयर आम्दानी १३.५९ रुपैयाँ थियो । सो अवधीमा बैंकको मूल्य आम्दानी अनुपात ८.७४ गुणा रहेको छ ।