अपि पावर कम्पनी लिमिटेडले आफ्नो छैटौं आयोजनाको रुपमा निर्माण गरिरहेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुर्याएको छ ।
दार्चुला जिल्लामा कम्पनीले यस अघि ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माथिल्लो नौगड गाढ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि राष्ट्रिय प्रशारण लाईनमा प्रवाह गरिरहेको छ ।
कम्पनीले मिश्रित उर्जा नितिलाई आत्म साथ गर्दे ४ मेगावाट क्षमताको चन्द निगापूर सौर्य आयोजना, १ मेगावाट क्षमताको ढल्केवर सौर्य आयोजना र १ मेगावाट क्षमताको सिमरा सौर्य आयोजनाको निमार्ण सम्पन्न गरि यी सौर्य आयोजनाहरु समेत राष्ट्रिय प्रशारण लाईनमा प्रवाह गरिरहेको छ ।
दुई वटा जलविद्युत आयोजनाहरु र तीन वटा सौर्य आयोजनाहरु सञ्चालन गरिरहेको यो कम्पनीले आफ्नो संस्थापनकालबाट नै सेयरधनीहरुलाई लाभांश वितरण गरिरहेको नेपालको यो एक ठूलो उर्जा कम्पनी रहेको छ ।
कम्पनीले आफ्नो छैटाैं आयोजना स्वरुप ४० मेगावाट क्षमतको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीका कार्यकारी सञ्चालक संजिव न्यौपानेले बताए । दार्चुला जिल्लामा बहने चमेलिया नदिमा उक्त आयोजना निर्माण भईरहेको छ ।आयोजनाबाट उत्पादित विद्युत शक्ति ने.वि.प्रा को चमेलिया जलविद्युत आयोजनाको बलाँच सवस्टेशनमा १३२ के.भिका टावरहरुबाट जडान गरिनेछ ।
.jpg)
आयोजनाको निर्माण कम्पनीले २४ महिना भित्रै सम्पन्न गर्न लागेको हो । कम्पनीको यो छैटाैं आयोजनाको निर्माण पश्चात कम्पनीले शेयरधनिहरुलाई अझ आकर्षक लाभांशदिन सक्ने समेत जनाएको छ ।
यो आयोजना वि.स २०८० साल बैशाख भित्र संचालनमा आउने समेत कम्पनीले जनाएको छ । हाल आयोजनाको विद्युत गृह, सर्ज टंयाक, सवस्टेशनको निर्माण कार्य सतप्रतिशत सम्पन्न भईसकेको छ भने एलान्मेण्ट तर्फ ८०० मिटर पाइप जडानको अन्तिम कार्य तथा बाँधस्थलको अन्तिम सिभिलकार्य भईरहेको छ ।
आयोजनामा जेपर्ट, अष्ट्रलिया आयात गरिएका मेसिनहरु साईटमा जडानको कार्य समेत सुरु गरिएको छ । आयोजनामा हिमालयन बैंक लिमिटेडको अगुवाईमा रहेका कन्सोर्टियम बैंकहरुको लगानी रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया