हिमाल दोलखा हाइड्रोपावर हकप्रद निष्काशनको अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

0
Shares

हिमाल दोलखा हाइड्रोपावर कम्पनी चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयर बिक्री अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।

कम्पनीले १ः०.७५ अनुपातमा प्रतिसेयर एकस सय रुपैयाँ अंकित दरमा १ करोड २० लाख कित्ता सेयर बिक्रीको अनुमति मागेको हो । बोर्डका अनुसार कम्पनीले पुस २६ गते मंगलबार बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । ७५ प्रतिशत अर्थात १ बराबर ०.७५ कित्ता सेयरको अनुपातमा १ अर्ब २० करोड रूपैयाँ बराबरको हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको भदौ ३ गते सम्पन्न साधारण सभाले उक्त हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।  कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीले इलामको इलाम नगरपालिका वडा न।९ र १० मा रहेको माई खोला साना जलविद्युत् आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत् आयोजना (८ मेगावाट) हाइड्रोपावर सञ्चालन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।