महालक्ष्मी विकास बैंकको लाभांश पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न २१ औं वार्षिक साधारणसभाले बैंकको प्रस्तावित १०.४७ प्रतिशत लाभांश पारित गरेको हो।
बैंकले २०७८/७९ को सञ्चित मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश कर सहितगरि कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
सभाले आ.व. २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ।
यस्तै, सभाले बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरिएको छ।
उक्त साधारण सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानी कर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ ।
सभाले आ.व. २०७९/८० मा बैंकको लेखापरिक्षण गर्न जे. बि. राजभण्डारी एण्ड डिविन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया