मुक्तिनाथ विकास बैंकको १४.२१ प्रतिशत लाभांश पारित

0
Shares

मुक्तिनाथ विकास बैंकको सोह्रौं वार्षिक साधारण सभाले आ.व. ०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई १४.२१ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त लाभांश मध्ये १३.०५ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांश हुनेछ ।

पौष ३० गते पोखरामा सम्पन्न उक्त साधारण सभाले आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु समेत पारित गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।