सुनको भाउ रेकर्ड नजिक

0
Shares

सुनको मूल्य सोमबार तोलामा २०० रुपैयाँले बढेर यस अघिको रेकर्ड मूल्य नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ पुगेको हो । यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ७०० रुपैयाँ तोकेको छ ।

महासंघका अनुसार रुस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरुले सुनमा लगानी बढाउँदा सुनको भाउ आकाशिएको हो । अर्कोतर्फ पेट्रोलियम पदार्थको उत्खननमा प्रयोग हुने पेट्रोलियम पदार्थको भाउ बढ्दा पनि सुनको लागत बढ्दो रहेको छ ।

विवाहको महिनामा नै सुनको मूल्यमा उच्च वृदि भएपछि नेपाली उपभोक्ता मारमा परेका छन् । आइतबार सुन तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो ।

महासंघका अनुसार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार प्रति तोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तोकिएको सुनचाँदीको मूल्यका आधारमा महासंघले नेपालमा सुन र चाादीको मूल्य निर्धारण गर्ने गर्छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९१९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २४.४० डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।