चार फाइनान्सले सेयरधनीलाई बनाए निराश, पाँचले कति देलान् ?

0
Shares

चार फाइनान्स कम्पनीले लाभांश वितरण नगर्दा तीनका सेयरधनी निराश बनेका छन् ।

गत आर्थिक वर्ष २०७८।७९ बाट समृद्धि फाइनान्स, नेपाल फाइनान्स, मल्टिपपर्स फाइनान्स र प्रोगेशिभ फाइनान्स कम्पनी गरी ४ कम्पनीले सेयरधनीलाई लाभांश वितरण नगरेका हुन् ।

सञ्चालनमा रहेका १६ कम्पनीमध्ये पाँच कम्पनीले लाभांश वितरण गरेका छन् । आईसिएफसि फाइनान्स कम्पनीले सबैभन्दा धेरै चुक्ता पुँजीको ५ प्रतिशत बोनस र पाँच प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । पोखरा फाइनान्स कम्पनीले सबैभन्दा कम ४.२१ प्रतिशत मात्र लाभांश वितरण गरेको छ ।

Sector- Finance Stock Symbol Bonus Cash Total
ICFC Finance Limited ICFC 5.00 5.00 10.00
Shree Investment Finance Co. Ltd. SIFC 2.40 5.20 7.60
Guheshowori Merchant Bank & Finance GMFIL 6.50 0.34 6.84
Central Finance Co. Ltd. CFCL 0.00 5.00 5.00
Pokhara Finance Ltd. PFL 4.00 0.21 4.21

लभांश घोषणा गर्न बाँकी ६ कम्पनी रहेकोमा एक कम्पनी समस्याग्रस्त रहेको छ । रिलायन्स फाइनान्स, जानकी फाइनान्स, गुडविल फाइनान्स, बेष्ट फाइनान्स र गोर्खाज फाइनान्स गरी पाँच वटा कम्पनीले लाभांश घोषणा गर्न बाँकी छ । क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी समस्याग्रस्त रहेकाले सो कम्पनीबाट लाभांश पाउने अवस्था छैन ।

लाभांश घाेषणा गर्न बाँकी फाइनान्स कम्पनीः-

Sector- Finance Stock Symbol Bonus Cash Total
Reliance Finance Ltd. RLFL ? ? ?
Janaki Finance Ltd. JFL ? ? ?
Goodwill Finance Co. Ltd. GFCL ? ? ?
Best Finance Company Ltd. BFC ? ? ?
Gurkhas Finance Ltd. GUFL ? ? ?
Capital Merchant Bank & Finance CMB

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।