स्ट्याण्डर्ड चाटर्डले लाभांश पारित गर्न डाक्योे साधारण सभा, बुक क्लोज कहिले ?

0
Shares

स्ट्याण्डर्ड चाटर्ड बैंकले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गर्न मंसिर २३ गते सोमबार ३३ औं वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट साढे २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आठ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले एक अर्ब ८० करोड २५ लाख ७२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

त्यस्तै साधारण सभामा नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका विवरण उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षक नियुक्त तथा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतका एजेन्डा पनि छलफल हुनेछ ।

साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर ९ गतेदेखि बुकक्लोज गर्ने बताएको छ । जस अनुसार मंसिर ८ गतेसम्म कायम शेयरधनीहरुले बैंकको प्रस्तावित लाभांश पाउनेछन् ।