हाइड्रोपावरमा बहार, तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

0
Shares

सेयर बजारका लगानीकर्ता मंगलबार जलविद्युत कम्पनीको सेयरमा झुम्मिएका छन् । सार्वजनिक विदाका कारण चार दिनपछि खुला भएको बजारमा लगानीकर्ताको आकर्षण सो क्षेत्रतर्फ गएको हो ।

साढे १ बजेसम्ममा कारोबार रकम र सेयर मूल्य बढ्ने दुबैतर्फ हाइड्रोपावर कम्पनी अगाडि रहेका छन् । शीर्ष सेयर मूल्य बढ्ने दशमध्ये सात वटा हाइड्रोपावर छन् । उच्च सेयर करोबार हुने दशमध्ये ६ वटा हाइड्रोपावर छन् ।

आजको सेयर बजारमा ग्रीन भेन्चर लिमिटेड, पिपुल्प पावर कम्पनी लिमिटेड र बाराही हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सर्किटपछि ग्रीन भेन्चरको मूल्य ४१५.८० रुपैयाँ, पिपुल्प पावरको २९७ रुपैयाँ र बाराही हाइड्रोपावरको ३७८.२० रुपैयाँ पुगेको छ ।

यस्तै अपि पावरको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद ल्याउने सञ्चालक समितिको निर्णयपछि कम्पनीको सर्वाधिक कारोबार भएको छ । ङादी ग्रुप पावर, अपर तामाकोशी, रिडी पावर, हिमाल दोलखा हाइड्रोपावर र एचआईडिसीएल शीर्ष दश ठूलो काारेबार हुने कम्पनीभित्र परेका हुन् ।

मंगलबारको बजारमा तीव्र उतारचढाव देखिएको छ । प्रि–ओपनिङ सेसनमा झिनो अंकले घट्न पुगेको नेप्से इन्डेक्स साढे १ बजेसम्म समाचार तयार पार्दासम्म साढे २ घण्टा अवधिमा नेप्से २२.०४ अंकले बढेर नेप्से २१७१.४१ बिन्दुमा पुगेको छ । २४३ कम्पनीका ७५ लाख ४९ हजार कित्ता सेयर २ अर्ब १२ करोड रुपैयाँमा खरिद बिक्री भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएसँगै घट्न थालेको नेप्से मन्त्रिमण्डल विस्तार हुने दिनमा भने बढोत्तरी देखिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।