यूनियन लाइफ इन्स्योरेन्सले माघ २६ गते साधारण सभा गर्ने

0
Shares

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २६ गते पाँचौ वार्षिक साधारण सभा डाकेको छ ।

लाभांश र मर्जर तथा प्राप्ती प्रस्तावहरु सहित कम्पनीले टाइगर प्यालेस रिसोर्ट भैरहवा रुपन्देहीमा बिहान १०ः३० बजे पाँचौ वार्षिक सभा आह्वान गरेको हो ।

उक्त सभाले चुक्ता पुँजीको ८.९७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै गुँरास र प्राइम लाइफसँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौतापत्रको मस्यौदा पनि स्वीकृत गर्नेछ । तीन कम्पनीहरु १ः१ः१ को समान सेयर स्वाप रेसियो अनुपातमा मर्जरमा जाने प्रकृयामा रहेका छन् ।

साथै सभाले कम्पनीको संस्थापक र सर्वसाधारण सेयर संरचना ७०ः३० बाट घटाएर ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव समेत सभामा राखेको छ ।
कम्पनीले लाभांश र साधारण सभा प्रयोजनका लागि माघ १६ गते सोमबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ ।

बुकक्लोज अनुसार माघ १५ गते आइतबारसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् । यद्यपी मर्जरका कारण कम्पनीको सेयर कारोबार भने रोक्का छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ माघ २०७९, बुधबार  १२ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।