अधिकांश निर्जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश

0
Shares

सञ्चालनमा रहेका १८ मध्ये १३ वटा निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ बाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । समीक्षा अवधिमा पाँच कम्पनीले त पुस मसान्तभित्रै साधारण सभा समेत सम्पन्न गरेका छन् ।

गत आवबाट दुई कम्पनीले लाभांश वितरण गरेनन् । भारतीय लगानी रहेको दुई कम्पनीहरु ओरिन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स तथा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको लाभांश घोषणा भएको छैन । राष्ट्रिय बीमा कम्पनीले दशकौंदेखि लेखापरीक्षण कार्य सम्पन्न गर्न नसक्दा वार्षिक साधारण सभा गरेको छैन । कम्पनीले आव २०६८/६९ देखिको वार्षिक साधारण सभा गर्न सकेको छैन । भारतीय लगानी रहेका कम्पनीहरुले नेपालमा लाभांश वितरण गर्दैनन् ।

गत आवको नाफाबाट शिखर इन्स्योरेन्सले सर्वाधिक १६.८४ प्रतिशत लाभांश वितरण गरेको छ भने नेको र प्रिमियर इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत धेरै लाभांश वितरण गरेका छन् । सबैभन्दा कम हिमालयन एभरेष्टले २.८९ प्रतिशत मात्र लाभांश वितरणको प्रस्ताव गरेका छन् ।

प्रिमियर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले पुसभित्रै साधारण सभा सम्पन्न गरेका छन् । आइएमई जनरल माघ ९ गते, नेकोले माघ १५ गते र शिखर इन्स्योरेन्सले माघ २५ गते एजीएम बोलाएका छन् । आइएमई जनरल र नेको इन्स्योरेन्सको बुकक्लाज भैसकेको छ । शिखर इन्स्योरेन्सको भने माघ १७ गते मंगलबारसम्म सेयर खरिद गर्नेले भने कम्पनीले प्रस्ताव गरेको १६ प्रतिशत बोनस सेयर पाउनेछन् ।

Non Life Insurance Bonus Cash Total Book close AGM
Shikhar Insurance   16.00 0.84 16.84 Magh 17, Tuesday Magh 25, Wednesday
Neco Insurance   15.00 0.53 15.53 Magh 3, Tuesday Magh 15, Sunday
Premier Insurance   14.25 0.75 15.00 Poush 22, Friday Poush 29, Friday
Sagarmatha Insurance   12.40 0.66 13.06    
NLG Insurance Company  10.00 0.53 10.53    
Siddhartha Insurance  9.00 0.47 9.47 Poush 18, Monday Poush 29, Friday
Nepal Insurance  8.00 0.42 8.42 Poush 8, Friday Poush 22, Friday
Lumbini General Insurance 7.00 0.35 7.35    
Prabhu Insurance  6.70 0.35 7.05    
Prudential Insurance   6.50 0.34 6.84    
IME General Insurance  6.50 0.34 6.84 Poush 27,Wednesday Magh 9, Sunday
United Insurance  (Nepal)  5.00 0.26 5.26 Poush 17, Sunday Poush 27, Wednesday
Himalayan Everest Insurance Limited  2.75 0.14 2.89    
Ajod Insurance Company  0.00 0.00 0.00 Poush 22, Friday Poush 30, Saturday
Sanima GIC Insurance Limited  0.00 0.00 0.00    
Rastriya Beema Company           
National Insurance Company           
Oriental Insurance Company           

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।