यसकारण घट्यो होटल हायात (तारागाउँ रिजेन्सी) को नाफा, प्रतिशेयर आम्दानी ७८ पैसा मात्रै

0
Shares

तारागाउँ रिजेन्सी होटल्सको नाफा गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक बर्षको त्रैमासमा ६२ प्रतिशतले घटेको छ ।

गत आर्थिक बर्षको पहिलो त्रैमासमा ३ करोड ९० लाख कमाएको होटलले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड ४६ लाख खुद नाफा  गरेको छ।

गत जुनमा होटलमा भएको श्रमिक आन्दोलनका कारण कारोबार प्रभावित हुँदा नाफामा गिरावट आएको होटललको भनाई छ । श्रमिक आन्दोलनका कारण बुकिङ्ग रद्द गर्नु परेकोले पर्यटन आगमनमा कमी आएपछि व्यापारमा गिरावट आएको हो।

असोज मसान्तसम्ममा होटल बिक्रीबाट २० करोड ४७ लाख २७ हजार रुपैयाँ आम्दानी गरेको छ। जसन समीक्षा अवधिको तुलनमा २२ प्रतिशत कम हो।

१ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोष ५५ करोड २ लाख छ। होटलको प्रतिशेयर आम्दानी ७८ पैसा मात्र रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ८४ पैसा रहेको छ। होटलको मूल्य आम्दानी अनुपात ३६५.२७ गुणा रहेको छ।