तीव्र उतार–चढावपूर्ण रहेको बजारमा पाँच अर्बको सेयर कारोबार

0
Shares

सेयर बजारमा तीव्र उतार–चढावपूर्णबीच बुधबार पाँच अर्बको कारोबार भएको छ । निकै अस्थीर बनेको आजको बजारमा अल्पकालीन लगानीकर्ताको नाफा सुरक्षित गर्ने होड र बजार धेरै नघट्ने आंकलनका साथ बजारमा लगानी गर्नेहरु बढ्दा उत्साहजन कारोबार भएको हो ।

चारदिनपछि खुलेको मंगलबारको बजारमा ३ अर्ब ७२ करोडको सेयर करोबार भएकोमा आज कारोबार रकम १ अर्ब ७२ करोड रुपैयाँले बढेको हो । बुधबार ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यसदिन २४८ कम्पनीको १ करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर ६९ हजार ६३७ वटा संख्यामा खरिद बिक्री भएको हो ।

आजको बजारमा पनि जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण कायमै रहेको छ । अपि पावरपछि रिडी पावरले हकप्रद जारी गर्ने भएपछि कम्पनीको आज उच्च सेयर कारोबार भएको छ । सेयरमूल्य बढ्ने दश कम्पनीभित्र ६ कम्पनी यसै क्षेत्रका कम्पनी रहेका छन् ।

आजको बजारमा रिडी पावरको ३५ करोड ७८ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ । यस्तै अपि पावर १९ करोड ७६ लाख, नेशनल हाइड्रोपावर १४ करोड ८८ लाख, अरुण भ्याली हाइड्रोपावरको १२ करोड ७ लाख र अपर तामाकोशी हाइड्रोपावरको ९ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । हिमाल दोलखा, ग्रीन भेञ्चर, नेपाल टेलिकम, नेपाल रि इन्स्योरेन्स कम्पनी र युनिभर्सल पावर कम्पनीको शीर्ष दश ठूलो कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको युनिभर्सल पावरको ९ करोड ३१ लख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।


बुधबार पिपल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रोपावर, हिमालय उर्जा विकास कम्पनी र ग्रीन भेञ्चर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लागेपछि पिपल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ३२६.७० रुपैयाँ, बाराही हाइड्रोपावरको ४१६ रुपैयाँ, हिमालय उर्जा विकास कम्पनी ४०६.४० रुपैयाँ र ग्रीन भेञ्चर लिमिटेडको ४५७.३० रुपैयाँ पुगेको छ ।

नेशनल हाइड्रोपावरको ९.०६ प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड–२ को ८.९४, नबिल ब्यालेन्स्ड फन्ड–२ को ७.१४, मेगा म्युचुअल फन्ड–१ को ६.८७ र अपर हेवाखोला हाइड्रोपावर ६.८६ र सानिमा लार्ज क्याप फन्डको इकाईमूल्य ६.१२ प्रतिशतले बढेको छ ।

आजको बजारबाट साल्ट ट्रेडिङ्ग कर्पोरेसनको सेयर मूल्य ७.८९ प्रतिशतले घटेको छ । यस्तै सिंगटी हाइड्रो इनर्जीको ६.९२, मिथिला लघुवित्त ६.०५, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को इकाईमूल्य ५.७०, आधिँखोला लघुवित्तको सेयरमूल्य ४.८७, सामुदायिक लघुवित्त ३.९७, मनकामना स्मार्ट लघुवित्त ३.५४ प्रतिशत, ग्लोबल आइएमई समुन्नत स्कीम–२ को ३.५२, उन्नति सहकार्य लघुवित्त २.९४ र प्रभु इन्स्योरेन्सको सेयरमूल्य २.७५ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।