एनआईसी एशिया बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, कारोबार तीन अर्बमा संकुचित

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर लगानीकर्ताहको आकर्षण एनआईसी एशिया बैंकको सेयरतर्फ गएको छ ।

आजको बजारमा बैंकको बैंकको १८ करोड माथिको सेयर कारोबार हुँदा बैंकको सेयरमूल्य आज मात्रै ३४ रुपैयाँ बढेर ८४५ रुपैयाँ पुगेको छ । तीव्र उतार–चढावपूर्णबीच रहेको बिहीबार कारोबार रकम भने ३ अर्ब रुपैयाँमा संकुचित बनेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झण्डै २ अर्बले घटेको हो ।

बिहीबार नेप्से ५.७१ अंकले बढेर २१७८.८१ बिन्दुमा पुगेको छ । आज ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । बुधबार ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बिहीबार २४६ कम्पनीको ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर ५८ हजार ६६५ वटा संख्यामा खरिद बिक्री भएको हो । आज आदर्श लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढी सकारात्मक सर्किट लागेर ८४८.२० रुपैयाँ पुगेको छ । यस्तै मैलुङ्ग खोला जलविद्युत कम्पनीको ९.५४ प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ७.२० प्रतिशत, ग्रीन भेञ्चर लिमिटेडको ६.७१, श्वेतगंगा हाइड्रोपावर ६.१०, एनआरएन इन्फ्रास्टक्चर ६.०३, लक्ष्मी इक्वीटी फन्ड ५.९६, सिटिजन्स म्युचुअल फन्ड–१ को इकाईमूल्य ५.७६, हिमालयन हाइड्रोपावर लिमिटेड ५.७३ र पिपल्स हाइड्रोपावर कम्पनीको सेयरमूल्य ५.६० प्रतिशतले बढेको छ ।

आजको बजारमा कुमारी धनवृद्धि योजनााके इकाईमूल्य सर्वाधिक ८.८९ प्रतिशत घटेर ९.०२ रुपैयाँमा झरेको छ । यस्तै लक्ष्मी लघुवित्त ५.४४, सिटिजन्स म्युचुअल फन्ड–२ को इकाईमूल्य ३.८०, ग्लोबल आईएमई लघुवित्त ३.७७ र स्वाभिमान लघुवित्तका सेयरधनीले आजको बजारबाट ३.७२ प्रतिशतका दरले गुमाएका छन् ।

बिहीबार एनआईसी एशियाको सर्वाधिक १८ करोड ४ लाख रुपैयाँको सेयर कारोबार हुँदा रिडी पावर १२ करोड ३२ लाख र पिपल्स हाइड्रोपावर ९ करोड ४५ लाख र नेपाल लाइफको ८ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।