एनआरएन इन्फ्रास्टक्चरले नगद लाभांश वितरण गर्‍यो

0
Shares

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले नगद लाभांश वितरण गरेको छ ।

कम्पनीको पुस २० गते सम्पन्न वार्षिक साधारण सभाले कर समेत चुक्ता पुँजीको ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश कम्पनीले वितरण गर्न सुरू गरेको हो ।

कम्पनीका अनुसार पुस २४ गतेदेखि सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा नै आईपीएस मार्फत नगद लाभांश जम्मा गर्न थालिएको छ ।
यस्तै कम्पनीले हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक नगराएका सेयरधनी सदस्यहरूलाई यथाशीघ्र बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।

पुस ५ गतेभन्दा अघिल्लो दिनसम्म सेयर धितो राखी कर्जा सुविधा उपभोग गरेका सदस्यहरूको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवापत्र प्राप्त गरेपछि मात्र बैंक खातामा जम्मा गरिने सेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले आफ्नो खातामा लाभांश जम्मा भए–नभएको यकिन गर्न समेत भनेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ माघ २०७९, बिहिबार  १८ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।