निफ्राको नाफा ७३% ले बढ्यो, ६ महिनामा कमायो साढे ७६ करोड

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा नाफा बढेको विवरण सार्वजनिक गरेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको खुद नाफा ७३ प्रतिशत बढेको छ । आम्दानीका सबैजसो शीर्षहरुमा भएको आकर्षक वृद्धि र इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको खुद नाफामा उच्च सुधार भएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा बैंकले ७६ करोड ६१ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य मुनाफा ६० करोड ४१ लाख रुपैयाँ रहेको छ । खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी, कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो ।


चुक्ता पुँजी २१ अर्ब ६० करोड रहेको बैंकको प्रति सेयर आम्दानी ७ रुपैयाँ ९ पैसा पुगेको छ । समीक्षा अवधिमा इपीएस २ रुपैयाँ ६६ पैसा बढेको हो । बैंकको मूल्य आम्दानी अनुपात ३२.१४ गुणा र प्रति सेयर नेटवर्थ १०७ रुपैयाँ ७३ पैसा छ ।

बैंकले पुस मसान्तसम्म १ अर्ब ३२ करोड ४९ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब ९ करोड ४४ लाख १५ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । बैंकले ५७ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८२ करोड ३१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको चुक्ता पूँजी ८ प्रतिशतले बढ्दा बोनस वितरणपछि बैंकको जगेडा कोषको आकार भने ४१.३० प्रतिशत घटेको छ । यस्तै निक्षेप ७१.१२ प्रतिशत, कर्जा लगानी १४३.६३ प्रतिशत, खुद ब्याज आम्दानी ६०.८८ प्रतिशत, सञ्चालन मुनाफा ७३.०९ प्रतिशत बढेको छ । इम्पेरमेन्ट चार्ज घटेको छ । बैंकले इम्पेरमेन्ट चार्ज वापत ४ करोड २५ लाख रुपैयाँ व्यवस्था गरेको छ ।

बैंकको निक्षेप संकलन लागत ९.८७ प्रतिशत, कर्जा निक्षेप अनुपा ८३.९९ प्रतिशत र प्रति सेयर कुल सम्पत्तिको मुल्य १०७ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।