नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख चार हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ७ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार तीन सय ७५ पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस अमेरिकी डलर १९२७ तथा चाँदी २३.८९ डलर हाराहरीमा कारोबार भैरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया