ज्योति विकास बैंकको नाफामा उच्च गिरावट‚ साढे १ रुपैयाँमा झर्‍यो इपीएस

0
Shares

ज्योति विकास बैंकको नाफामा उच्च गिरावट आएको छ । खराब कर्जामा उच्च बढोत्तरी भएपछि बैंकको मुनाफा प्रभावित बनेको हो ।

चलु आवको पुस मसान्तुसम्म बैंकको खुद नाफा ८९.९० प्रतिशत घटेर ३ करोड ४७ लाख ५९ हजार रुपैयाँमा संकुचित बनेको छ । गत आवको सोही अवधिमा बैंकले ३४ करोड ४० लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खराब कर्जा अनुपात १.४७ बाट दोब्बर हुँदा ३.५२ प्रतिशत पुगेको छ । खराब कर्जा बढेसँगै बैंकको कर्जा नोक्सानी अनुपात ४२० प्रतिशतले बढेर ६४ करोड ९१ लख माथि पुगेको छ । यसले बैंकको वितरणयोग्य मुनाफा ३३ करोड बढीले ऋणात्मक बनेको छ ।

चुक्ता पुँजी ४ अर्ब २६ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषको आकार पनि १ अर्ब ४ करोड रुपैयाँबाट ३३.९९ प्रतिशतले बढेर १ अर्ब ३९ करोड रुपैयाँ कायम भएको छ । बैंकले पुससम्म आइपुग्दा कुल ५५ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ५० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ५३ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ६५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने २५.३६ प्रतिशतले बढेर १ अर्ब १५ करोड १३ लाख ९८ हजार रुपैयाँ पुगेको छ । उता सञ्चालन नाफा भने ८९.८९ प्रतिशतले घटेर ४ करोड ९६ लाख ५६ हजार रुपैयाँमा संकुचित बनेको छ ।

पुस मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४९ पैसाले घटेर १ रुपैयाँ ६३ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ३० पैसा, स्पेडदर ४.९७ प्रतिशत, आधारदर १२.७६ प्रतिशत, कर्जा निक्षेप अनुपात ८७.६६ प्रतिशत, अधारदर १०.३४ प्रतिशत र पुँजीकोष अनुपात १२.७७ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।