नेपाल बंगलादेश क्यापिटलको पनि म्यूच्यूअल फण्ड संचालनमा आउने

0
Shares

नेपाल बंगलादेश क्यापिटल लिमिटेडकोे प्रथम वार्षिक साधारण सभामा शुक्रवार सम्पन्न भएको छ । कम्पनीले निकट भविष्यमा नै सामुहिक लगानी कोष र लगानी व्यवस्थापनको कार्य अगाडी वढाउने निर्णय गरेको छ ।

नेपाल बंगलादेश बैंकको शत प्रतिसत लगानीमा खुलेको यस क्यापिटलको चुक्ता पूँजी २० करोड रहेको छ ।

क्यापिटलका अध्यक्ष सुरेन्द्र भुषण श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधारण सभामा क्यापिटलले गत वर्ष गरेको वार्षिक आय व्यय विवरण प्रस्तुत गरिएको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा उत्त क्यापिटलले २२ लाख २० हजार खुद नाफा गरेको छ ।

पूँजी बजारमा शेयर रजिष्टार, लगानी व्यवस्थापन, शेयर निष्काशन तथा बिक्री प्रबन्धक, शेयर प्रत्याभुती तथा संस्थागत लगानी परामर्शदाताका रुपमा कार्य गर्ने प्रमुख उद्धेश्य लिई कम्पनी रजिष्ट्रारको कार्यालयमा ७४ कार्तिक ८ गते दर्ता भएको थियो ।

क्याटिलले नेपाल धितोपत्र बोर्डबाट मिति ७५ पुष २६ गते धितोपत्र व्यवसाय (मर्चेन्ट बैंकर) को रुपमा कारोवार गर्ने इजाजत प्राप्त गरेकोे थियो । यस क्यापिटलले नेपाल बङ्गलादेश बैंक लिमिटेडको शेयर रजिष्ट्रार सेवा दिदै आएको छ । निकट भविष्यमा नै यस क्यापिटलले सामुहिक लगानी कोष र लगानी व्यवस्थापनको कार्य अगाडी वढाउने वताइएको छ ।