गण्डकी विश्वविद्यालयले कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता माघ ९ गतेदेखि १३ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुनेछ । प्रतियोगितामा कास्की जिल्लाबाट ६ टिम र अन्य जिल्लाबाट ३ टिमहरुले प्रतिस्पर्धा गर्ने छन् ।
गण्डकी प्रदेशले स्थापना गरेको विश्व विद्यालयले खेलकुद विकासको सम्बद्धन, प्रवद्र्धन र खेलकुलप्रतिको आकर्षण बढाउने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।
प्रतियोगिताका सम्पूर्ण खेलहरू नकआउट चरणमा खेलाइनेछ । माघ ९ गतेबाट सुरु हुने प्रतियोगिताका सेमिफाइनलको खेल माघ १२ गते र फाइनल खेल माघ १३ गते हुनेछ । पहिलो खेल र फाइनल खेल पोखरा रंगशाला भित्रको ग्राउण्डमा हुनेछ भने बाँकी खेल पोखरा रंगशाला बाहिरको ग्राउण्डमा हुनेछ ।
यस प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १५ हजारको व्यवस्था रहेको छ ।
गण्डकी विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिँदै नेपालकै पहिलो पटक स्नातक तहमा खेलकुद वयवस्थापन विषयको पठनपाठन समेत सुरु गरेको छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया