कृति भेन्चरले प्रिमियममा आईपीओ ल्याउने

0
Shares

कृति भेन्चर फन्डले प्रिमियम (अंकित मूल्यमा थप रकम जोडेर) मा प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्ने भएको छ । सो प्रस्ताव सहित अन्य प्रस्तावहरु पारित गर्न कम्पनीले यहि माघ २२ गते आइतबार विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । माछापुच्छ्रे क्यापिटल लिमिटेडको कार्यालय काठमाडौंमा दिउँसो १ बजे सभा बोलाइएको छ । सभाबाट कम्पनीले प्रिमियम मूल्यमा सेयर जारी गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ ।

विभिन्न कम्पनीहरुमा लगानी गरेको यस कम्पनीले पुस ३० गते देखि ४० प्रतिशत (१ बराबर ०.४० को अनुपातमा) हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । जारी ८ लाख कित्ता हकप्रदमा फागुन ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कृति भेन्चर एक वैकल्पिक लगानी फर्म हो । फन्ड संस्थागत पुँजी निर्माण गर्न प्रवर्द्धन गरिएको लगानी कोष हो । नेपाली अर्थतन्त्रको उत्पादनशील क्षेत्रमा कम्पनी निर्माण र प्रवर्द्धन गर्नको लागि कम्पनी स्थापना गरिएको हो ।

अपर सांगे हाइड्रोपावर, हिडीखोला हाइड्रोपावर, धोवनखोला हाइड्रोपावर, क्लिन सिटी भेहिकल सर्भिस सेन्टर प्रोजेक्ट लगायतका परियोजनाहरु कृति भेन्चर फन्ड अन्तर्गत सञ्चालनमा छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ८ माघ २०७९, आइतबार  १४ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।