कुमारी बैंक र सानिमा जिआइसी इन्स्योरेन्सको सेयर कारोबार आजदेखि

0
Shares

कुमारी बैंक लिमिटेड र सानिमा जिआइसी इन्स्योरेन्को सेयर आजदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा खुलेकाे छ । दुबै कम्पनीको मर्जर सम्पन्न भई एकीकृत कारोबारपछि नेप्सेमा आजदेखि सेयर कारोबार खुला भएको हो ।

कुमारी बैंकको सेयर ‘केबीएल’ सिम्बोलमा कारोबारमा आउनेछ । बैंकको एकीकृत कारोबारपछि पहिलो पटकको सेयर खरिद बिक्रीका लागि नेप्सेले १८९ रुपैयाँ ५६ पैसा ओपनिङ्ग रेञ्ज दिएको छ । यहि कारोबार रेञ्जलाई आधार मानेर बैंकको सेयर कारोबार सुचारु हुनेछ ।

संयुक्त कारोबारपछि बैंकको १०० रुपैयाँ अंकित दरका कुल २६ करोड २२ लाख ५८ हजार ६१३ कित्ता सेयर सूचीकृत भएको थियो ।

यस्तै साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच मर्जर भई सानिमा जिआइसी इन्स्योरेन्सको नाममा एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबारपछि सानिमा जिआइसीको धितोपत्रको दोस्रो बजारमा ‘एसजिआइसी’ सिम्बोलमा कारोबार हुनेछ ।

एकीकृत संस्थाको पहिलो सेयर कारोबारका लागि नेप्सेले ३६७ रुपैयाँ ५० पैसा ओपनिङ्ग रेञ्ज तोकेको छ । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल २ करोड कित्ता सूचीकृत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।