सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढ्यो, रेकर्ड मूल्यभन्दा २ सय कम

0
Shares

सुनको मूल्य सोमबार पुनः ३०० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला २०० रुपैयाँले घटेको सुनको भाउ सोमबार पुनः उकालो लागेको हो ।

आइतबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले बढेर छापावाल सुन १ लाख ५ हजार ३०० रुपैयाँ पुगेको हो । यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

आज कायम भएको सुनको भाउ रेकर्ड मूल्यभन्दा २०० रुपैयाँ कम हो ।  यसअघि २०७८ फागुन २५ गते हालसम्मकै उच्च भाउमा सुन किनबेच भएको थियो । उक्त दिन १ लाख ५ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

आइतबार छापावाल सुनको मूल्य १ लाख ५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा ५ रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा खरिद बिक्री भैरहेको छ । हिजो १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस अमेरिकी डलर १९२८ तथा चाँदी २३.९८ डलर हाराहरीमा कारोबार भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ९ माघ २०७९, सोमबार  ११ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।