मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि राष्ट्र बैंकले माग्यो सुझाव

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि सरोकारवालासँग राय तथा सुझाव माग गरेको छ ।

राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । साथै, यसको त्रैमासिक समीक्षा समेत गर्दै आएको छ ।

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि आफ्ना सुझावहरु २०७९ माघ २० सम्ममा केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागको इमेलमा पठाउन आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर (स्प्रेडदर) मा कडाई गर्दै ०.४० प्रतिशत बिन्दुले घटाएको थियो ।

उद्योगी व्यवसायीहरुले चालु पूंजीको अभावमा उद्योग सञ्चालनमै कठिनाई उत्पन्न भएकाले चालु पूजी मार्गदर्शन २०७९ को कार्यान्वयन कम्तिमा दुई वर्ष स्थगन गर्नुपर्ने माग राख्दै आएका छन् ।

त्यस्तै अनिवार्य नगद अनुपात लाई एक प्रतिशत विन्दुले कम गर्नुपर्ने, स्थानिय तहमा जाने रकमलाई निश्चित अवधिका लागि शतप्रतिशत गणना गर्नुपर्ने, निजी क्षेत्र तथा बैंकहरुले विदेशबाट ऋण लिनको लागि सहजीकरण एवं प्रोत्साहन गरिनुपर्ने लगायतका माग राख्दै आएका छन् ।

यस्तै, उत्पादनमूलक उद्योगलाई अन्य व्यवसाय भन्दा कम व्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाइ तत्काल लागु गरिनुपर्ने निजी क्षेत्रले माग गर्दै आएका छन् ।

.?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।