सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह

0
Shares

नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी ब्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेलाई आग्रह गरेको छ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधीमण्डलले सोमबार गृहमन्त्रालयमा मन्त्री लामिछानेसँग भेटगरी सुनचाँदी ब्यवसायको क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानमा बिषयमा जानकारी गराएको हो ।

मन्त्री लामिछानेसँगको भेटका क्रममा महासंघका अध्यक्ष शाक्यले शान्ति सुरक्षाको प्रभावकारी ब्यवस्था मिलाउन, सुनचाँदी ब्यवसाय सञ्चभालन सम्वन्धी आवश्यक कानून निर्माणकालागि पहलगर्न र कच्चा पदार्थको पर्याप्त आपूर्ति ब्यवस्था मिलाउने वातावरण सुनिश्चित गर्न आग्रह गरे ।

त्यसक्रकममा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने ब्यवसायीले राखेका विषयहरुलाई आफूले गम्भिर रुपमा लिएको र समस्या समाधानका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । मन्त्री लामिछाने सँगको भेटका क्रममा महासंघका तर्फबाट उपाध्यक्षद्धय विपिन रामुदामु र महेन्द्र शाक्य एवं महासचिव धर्मशुन्दर बज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ९ माघ २०७९, सोमबार  १७ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।