माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर कर्मचारी सञ्चयकोष भवन लगनखेलमा

0
Shares

माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर जिल्ला, लगनखेल स्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले माघ ९ गते सोमबार औपचारिक कार्यक्रमको आयोजना गरि उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेको हो ।

कर्मचारी सञ्चय कोषका सह–प्रशासक जीवन कुमार कटवालले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अन्य उच्च पदस्थ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । सो एक्सटेन्सन काउन्टरको स्थापना भएसँगै बैंकको हालसम्म देशभर ११ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग तथा समुदाय सम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी, विप्रेषण लगायतका अन्य बैंकिङ्ग सुविधाहरु समेत प्रदान गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।