स्ट्याण्डर्ड चार्टर्ड बैंकले १०.५०% ब्याजदरमा साढे दुई अर्बको ऋणपत्र बिक्री गर्ने

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे दुई अर्बको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले वार्षिक साढे दश प्रतिशत ब्याजदरमा २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको हो । उक्त ऋणपत्रको अवधिमा पाँच वर्षको हुनेछ ।

बैंकले दुई अर्ब ४० करोड रुपैयाँ बराबरको कुल एक हजार रुपैयाँ अंकित मूल्यका २४ लाख इकाई ऋणपत्र बिक्रीमा ल्याउनेछ । जसमध्ये सोमध्ये ४० प्रतिशत अर्थात ९६ करोड रुपैयाँ बराबरको ९ लाख ६० हजार कित्ता ( हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि समेत) सेयर सर्वसाधारणमा जारी हुनेछ । बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १४ लाख ४० हजार कित्ता इकाई भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

ऋणपत्रमा लगानी गर्नेले वार्षिक साढे १० प्रतिशत ब्याजदर पाउनेछन् । ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने बैंकले जनाएको छ ।

उक्त ऋणपत्र बिक्री गर्न बैंकले मंसिर २९ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई अनिवार्य रुपमा चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको छ । ऋणपत्र मार्फत संकलित रकम शतप्रतिशतसम्म लगानी गर्न पाउने सुविधा राष्ट्र बैंकले दिएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल हाल नेपालमा संचालित एकमात्र अन्तर्राष्ट्रिय बैंक हो । साथै नेपालमा आइसिआरए नेपालद्वारा ICRANP-IR AAA श्रेणीका साथ समयमै वित्तीय दायित्वहरु प्रदान गर्ने सुरक्षित बैंकको रुपमा मान्यता दिइएको छ । हालैमात्र यो बैंकले न्यू बिज सम्मेलनमा बेस्ट म्यानेज्ड कमर्सियल बैंक नेपाल–२०२२ को पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।