शुभम पावरकाे आईपीओ माघ १८ गतेदेखि खुल्दै

0
Shares

शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ४ करोड ८१ लख ८२ हजार २०० रुपैयाँ मुलयको सेयर बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । सोमध्ये १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन भैसकेको छ । ५ प्रतिशत अर्थात् २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हजार ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ । ४ लाख ८१ हजार ८८२ कित्ता खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण तथा सञ्चालन गरेको मेरो सेयरको मोबाइल एप तथा वेवसाइट मार्फत अनलाइन माध्यमबाट आवेदन गर्न सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिन्छ ।

उक्त सेयरमा माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्गले संस्थाको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नम्बर ९ स्थित पिलुवा खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन शुरु गरिसकेको छ । आयोजनाबाट बाट ९९० किलोवाट जलविद्युत उत्पादन भैरहेको छ ।

आयोजनाको कुल लागत १४ करोड ३९ लाख ९० हजार ८८९ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ५४ लाख ४५ हजार ३४२ रुपैयाँ रहेको छ ।  कम्पनीको गरिएको साधारण लगानी फिर्ता हुन ९.०९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुन २९.६ वर्ष लाग्ने कम्पनीको अवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।