होण्डाका मोटरसाइकलमा दुई आकर्षक योजना

0
Shares

होण्डा टू ह्वीलसको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले होण्डा साइन र होण्डा ग्राजिया मोटरसाइकलमा दुई आकर्षक सुविधाका योजना सार्वजनिक गरेको छ ।

योजना अनुसार, ग्राहकले अर्डर गरेका होण्डा साइनको कुनै पनि पाटपूर्जा ९९ घण्टाभित्र पाउने सुनिश्चितता गरिएको छ । तोकिएको समयभित्र पार्टपूर्जा नआए ग्राहकले आफ्नो इच्छाअनुसारको रकम मात्र तिर्न पाउने छूट दिइएको छ । छिटो सर्भिसको सुनिश्चितताका लागि यस्तो योजना अघि सारेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, होण्डा ग्राजिया खरीद गर्ने ग्राहकले १ रुपैयाँ तिरेर ३ वर्षका लागि सर्भिसिङ र विभिन्न पाटपूर्जाको सुविधा लिन पाउने अर्को योजना पनि अघि सारिएको छ । ग्राहकका लागि न्यूनतम खर्चमा यो उत्साहजनक र सरल सेवा दिने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।