मिथिला लघुवित्तको खुद नाफा ३७.२५ प्रतिशतले घटेको छ ।
लघुवित्तले दोस्रो त्रैमाससम्ममा २ करोड १७ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ४६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बढ्दो खराब कर्जाका कारण जोखिम व्यवस्थापन बढ्दा लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा समेत घटेको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी १२.२५ प्रतिशत र सञ्चालन नाफा ३८.७३ प्रतिशत घटेको छ । लघुवित्तको खुद ब्याज आम्दानी ५ करोड ७२ लाख ४२ हजार र सञ्चालन नाफा २ करोड १७ लाख ४७ हजार रुपैयाँ छ ।
लघुवित्तको निक्षेप संकलन लागत बढेर १३.०७ प्रतिशत पुगेको छ भने खराब कर्जा अनुपात ३.२९ प्रतिशत रहेको छ ।
चुक्ता पुँजी १७ करोड ४ लाख ३७ हजार रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३२ पैसा घटेर २५ रुपैयाँ ५२ पैसा, प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ८१ पैसा र पीई रेसियो ४५.४६ गुणा कायम भएको छ ।
पुससम्म कम्पनीले ७९ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ३० करोड सापटी लिएर २ अर्ब ३१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।
लघुवित्तको निक्षेप संकलन लागत बढेर १३.०७ प्रतिशत पुगेको छ भने खराब कर्जा अनुपात ३.२९ प्रतिशत रहेको छ । संस्थाको जगेडा कोषको आकार १६ करोड ८० लाख रुपैयाँबाट बढेर १८ करोड २० लाख रुपैयाँमा पुगेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया