मेगाले विदेशी रणनीतिक साझेदार भित्र्याउने, दश उत्कृष्ट बैंकमा परेको दाबी

0
Shares

मेगा बैंकको नवौँ बार्षिक साधारण सभाले विदेशी रणनीतिक भित्र्याउने सम्बन्धमा आवश्यक कार्य गर्न संचालक समितिलई अख्तियराी प्रदान गर्नुका साथै गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बैंकले हाल कायम चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४ सय ५४ रुपैँयाको ११ दशमलव ७५ प्रतिशतले हुन आउने १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैँया ८१ पैसालाई नगद लाभांश स्वरुप शेयरधनीलाई वितरण गर्ने भएको हो।

साधारण सभामा अध्यक्ष शाहले प्रचलित ऐन तथा कानुनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि पेश गरेको प्रस्ताव पनि पारित भएको छ । अध्यक्ष शाहले मेगा बैंकलाई देशकै अग्रणी र अलगै पहिचान सहितको बैंक बनाउने उद्देश्यले मर्जर तथा एक्वीजिशनलाई पनि प्राथमिकता दिएको बताए ।

गण्डकी विकास बैंक प्राप्ति (एक्विजिशन) प्राप्तिपश्चात मेगा बैंकको शाखा सञ्जाल देशव्यापीरुपमा २१० वटा भन्दा बढी रहने र व्यवसायको आकारको आधारमा हालको १० ठूला वाणिज्य बैंक मध्येको बैंकको रुपमा मेगा बैंक स्थापित हुन सफल हुने शाहले दाबी गरे ।

साधारण सभामा सिइओ अनुपमा खुञ्जेलीले ग्राहकहरुको विश्वास जित्दै अघि बढ्न सफल भएकाले बैंकको सञ्जाल, व्यवसाय र मुनाफाको आकारमा उल्लेख्य प्रगति भएको बताईन् ।

बैंकका अहिले १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, १११ वटा एटिएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु रहेका छन् । बैंकको आफ्नै विप्रेषण प्रविधि “मेगारेमिट” को देशभर लगभग २,५०० भन्दा अधिक प्रतिनिधिहरु रहेका छन् भने अन्य आन्तरिक तथा अन्तर्रा्ष्ट्रिय विपे्रषण सेवा सहकार्यको संख्या २१ पुगेको जनाएको छ ।

बैंकले  व्यावसायिक दायरा वृद्धि गर्न मर्चेन्ट बैंकिङ्ग व्यवसायको लागि बैंकको सहायक कम्पनी “मेगा क्यापिटल मार्केट्स् लिमिटेड” ले सञ्चालन अनुमति प्राप्त गरी २०७६ बैशाखबाट कारोबार सञ्चालन गरिसकेको छ । यसका अलवा धितोपत्र व्यवसायी÷शेयर दलालको कार्य गर्न बैंकको शत प्रतिशत स्वामित्व रहने गरी ‘मेगा स्टक मार्केटस् लिमिटेड’ को नाममा सहायक कम्पनी दर्ता भई सञ्चालन अनुमतिको प्रक्रियामा रहेको छ ।