गाउँघरमै बीमा गर्न र दाबी पनि सहजै पाउने व्यवस्था गर्न प्राधिकरणसँग आग्रह

0
Shares

नेपाल बीमा प्राधिकरणको आयोजनामा बागमती प्रदेशको नुवाकोट जिल्लाको तादी गाउँपालिका, खरानीटामा यही माघ ११ गते बुधबार बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले कृषहरुलाई कृषि बीमा गर्न प्रोत्साहन गर्नका लागि सरकारले कृषि बीमामा उपलब्ध गराउँदै आएको अनुदान बाहेक गाउँपालिकाबाट समेत बीमाशुल्कमा अनुदानको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे।

साथै, उनले छिट्टै नै गाउँपालिकाका कर्मचारीहरुको दुर्घटना बीमा गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । अध्यक्ष तामाङले भूकम्प, बाढी, पहिरो, आगलागी लगायतका कारणले हुनसक्ने आर्थिक क्षतिको क्षतिपूर्ति पाउनका लागि बीमा गर्न जोड दिनुपर्ने बताउँदै गाउँघरमै बीमा गर्न पाउने र बीमा दाबी पनि सहजै पाउने व्यवस्था गर्न प्राधिकरणसँग आग्रह गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमाको परिचय, महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमाको पहुँच विस्तारमा गाउँपालिकाको भूमिकाका बारेमा प्रस्तुती दिए ।

उपनिर्देशक सापकोटाले स-साना रकमबाट समेत बीमा गर्न नपाएमा, बीमा दाबी भुक्तानी समयमा नभएमा वा बीमा सम्बन्धी कुनै समस्या परेमा नेपाल बीमा प्राधिकरणलाई जानकारी दिन आग्रह गरे।

कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष तथा सदस्य र कर्मचारी, शिक्षक, बीमा कम्पनीका प्रतिनिधि, बीमा अभिकर्ता, कृषकहरु लगायतको सहभागिता रहेको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।