नक्कली भ्याट विल प्रयोगगरी दश करोड राजश्व छल्ने गौतम विरुद्ध मुद्दा

0
Shares

नक्कली भ्याट विल प्रयोग गरी ९ करोड ९५ लाख ६२ हजार राजस्व छली गर्ने सुनिलकुमार गौतम विरुद्ध काठमाडौं जिल्ला अदालमा मुद्दा दायर गरिएको छ ।

राजश्व अनुसन्धान विभागले झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छली गरेको भन्दै गौतमविरुद्ध विगोको दोब्बर जरिवाना र तीन वर्षसम्म कैदको माग दाबीसहित मुद्दा दर्ता गरेको हो ।

काभ्रेपलाञ्चोक घर भई काठमाडौँ महानगरपालिका–३४ बस्ने लक्की एएस इन्टरप्राइजेजका सञ्चालक सुनिलकुमार गौतमले नौ करोड ९५ लाख ६२ हजार बिगो बराबरको राजश्व छली गरेको विभागले ठह¥याएको छ ।

उक्त कम्पनीले मूल्य अभिवृद्धि करको बीजकमात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजश्व चुहावट गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ ।

राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कसुर गरी मूल्य अभिवृद्धि करतर्फ तीन करोड ५९ लाख ९९ हजार र आयकरतर्फ ६ करोड ३५ लाख ६३ हजार रुपैयाँ राजश्व चुहावट गरेको विभागले जनाएको छ । यसअघि पछिल्लो एक सातामा मात्रै विभागले झण्डै २१ करोड बिगो बराबरको राजश्व छली गरेको आरोपमा भारतीय नागरिकसहित १६ विरुद्ध मुद्दा चलाएको छ ।