नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले व्यवसायीको मनोबल वृद्धि गर्न राज्यका सबै निकायहरुले आर्थिक क्षेत्रसँग सम्बन्धित नीति, नियम, ऐन, कानुनमा परिवर्तन आग्रह गरेको छ ।
उवासंघ काठमाण्डौंले पछिल्ला दिनहरुमा बैंकको वित्तीय संस्थाका दबाब र अन्यायका धेरै व्यवसायीहरुले आत्मदाह र आत्महत्या गरेका घटनाहरुले समग्र निजी क्षेत्र मर्माहित र गम्भिर भएको उल्लेख गर्दै अविलम्ब समस्या समाधानका लागी सम्बोधन गर्न जोडदार माग गरेको हो ।
मंगलबार संसद भवन बानेश्वर अगाडि सामाजिक सञ्जालमा व्यवसायिक जीवनका भोगाइको वेदना उल्लेख गरी इलामका प्रेम आचार्यले आफ्नो शरीरमा आगो लगाई आत्मदाह गरेका थिए । यस्तै विराटनगरका इलेक्ट्रिक व्यवसायी मोहन निरौला र लहान, पर्सा, नेपालगञ्जमा समेत केही महिनामा बैंकिङ्ग आतङ्कका कारण आत्महत्या गरेका घटनाहरुले समग्र निजी क्षेत्र गम्भिर भएको संघले उल्लेख गरेको छ ।
संघले सरकारको त्यसतर्फ ध्यानाकर्षण गराउँदै यस्ता अप्रिय घटना हुन नदिन व्यवसायीको मनोबल वृद्धि गर्न आवश्यक रहेको बताएको छ । हालका बैंकिङ्ग व्यवस्थाहरु र व्याजदर स्थायित्वका लागी आर्थिक क्षेत्रसँग सम्बन्धित निर्देशन, परिपत्रहरू कार्यान्वयन गर्न सकिने गरी परिमार्जन गरी उद्योग वाणिज्यमैत्री बनाउन समेत उसले आग्रह गरेको छ ।
.jpg)
पछिल्लो समय अप्रत्यासित व्याजदरको वृद्धि गरिनु, व्याज साँवा तिर्न केही समयको याचना गर्दा अपमान सहनुपर्ने, तरलता अभाव गरी अचल सम्पति धितो सस्तोमा लिई परियोजना, व्यक्तिगत जमानी र अचल सम्पति सुरक्षण बापत धितो लिने तर व्यवसायीको व्यवसाय पूर्वानुमान गर्न सक्नेगरी बनाई लगानी सुरक्षित नभएको भन्दे त्यस गर्नु जरुरी भएको उल्लेख गरेको छ ।
उवा संघ काठमाडौं अध्यक्ष दिनेश श्रेष्ठले जनताको निक्षेप जम्माका कारण बैंकलाई कानूनी तबरले सुरक्षित बनाए झै सो रकम व्याजमा लिई उद्योग व्यवसाय चलाउनेको उद्योग, व्यवसाय पनि सुरक्षित बनाउन ढिलो भैसकेको बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया