सरकारले २१ अर्ब १० करोडको ट्रेजरी जारी गर्दै

0
Shares

सरकारले आन्तरिक ऋण उठाउनका लागि नयाँ र पुरानो गरेर २१ अर्ब १० करोड रुपैयाँ बरावरको ट्रेजरी बिल्सको बिक्री गर्ने भएको छ ।

सरकारले सोमबार ६ अर्ब रुपैयाँ बरावरको नयाँ र १५ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरीलाई नविकरण गर्न लागेको हो ।

सरकारले माघ १७ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोल सोमबार गर्ने भएको हो।  केन्द्रीय बैंकले ५ अर्बको २८ दिने, ५ अर्ब १० करोडको ९१ दिने र ५ अर्बको १८२ दिने पुरानो ऋणपत्रको सावाँ फिर्ता नगरी नविकरण गर्न लागेको हो ।

त्यसैगरीे ६ अर्ब बरावरको ३६४ दिने नयाँ ट्रेजरी मार्फत आन्तरिक ऋण उठाउन खोजेको हो । यी ट्रेजरी बिल क्रमशः फागुन १६ गते, २०८० वैशाख १९ गते, २०८० साउन १६ गते र २०८० माघ १६ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलका अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

सरकारले विकास खर्च गर्न नसकेको र चालु खर्चका लागि समेत राजस्व संकलन नभएपछि अन्तरिक ऋण उठाउने क्रमलाई बढवा दिएको हो । अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप परेपछि सरकारले आयातमा गरेको नियन्त्रणले राजस्व संकलनमा कमी आएको छ ।

चालु खर्च पनि प्रयाप्त नहुने गरी राजस्व संकलन भएपछि सरकारले बैंकिङ क्षेत्रको जटिल अवस्थामा पनि आन्तरिक ऋण उठाइरहेको छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।