तीन जीवन बीमा कम्पनीको एकैपटक सेयर कारोबार फुकुवा

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एकैपटक रोक्का रहेको तीन जीवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । 

नेप्सेले मर्जर सम्झौताका कारण रोक्का रहेका प्राइम लाइफ, गुराँस लाइफ, र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको हो । यी तीनवटै कम्पनीले २०७९ वैशाख २९ गते पहिलो पटक जीवन बीमा क्षेत्रमा नै एक आपसमा मर्जर सम्झौता गरेका थिए । मर्जरमा जाने सम्बन्धि प्रारम्भिक सम्झौतासँगै तीनवटै कम्पनीको धितोपत्र दोस्रो बजारमा रोक्का रहेको थियो ।

नेप्सेले आजदेखि एकआपसमा गाभ्ने/गाभिने तथा मर्जर प्रकृयामा रहेका तीनवटै कम्पनीको सेयर कारोबार फुकुवा गरेसँगै मंगलबारदेखि तीनवटै कम्पनीको कारोबार सुचारु हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।