सुन पुनः रेकर्ड मूल्यमा

0
Shares

सुनको मूल्य पुनः रेकर्ड मूल्यमा पुगेको छ । बुधबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर पुनः रेकर्ड भाउमा कारोबार भएको हो ।

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ, तेजावी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ तोकिएको छ । यस्तै आजको लागि चाँदीको भाउ प्रतितोला १ हजार ३७० रुपैयाँ कारोबार भएको छ । चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको हो ।

हिजो मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ, तेजावी सुन १ लाख ५ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुनको भाउ ५०० रुपैयाँले घट्दा चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस अमेरिकी डलर १९२६ तथा चाँदी २३.६७ डलर हाराहरीमा कारोबार भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १८ माघ २०७९, बुधबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।