सिनर्जी पावरले विशेष साधारण सभाबाट हकप्रद प्रस्ताव पारित गर्दै

0
Shares

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले विशेष साधारण सभाबाट चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
जसका लागि कम्पनीले फागुन ४ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा एसजीएम आह्वान गरेको छ ।

सभाले हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । विद्युत नियमन आयोगले माघ १२ गते नै कम्पनीलाई हकप्रद निष्काशन गर्न स्वीकृति दिइसकेको छ ।

कम्पनीको दोलखामा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत केन्द्रले विद्युत उत्पादन गरिरहेको छ । जलविद्युत आयोजना प्रवद्र्धन गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ ।

आयोगले स्वीकृती दिइसकेपछि अब कम्पनीले विशेष साधारण सभाबाट उक्त प्रस्ताव अनुमोदन गराएर पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड समक्ष हकप्रद सेयर निष्काशन गर्न अनुमति लिनुपर्ने हुन्छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ २५ गते बुकक्लोज गर्ने जनाएको छ । बुकक्लोज अनुसार माघ २४ गतेसम्म कायम सेयरधनी मात्रै सभामा सहभागि हुन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १८ माघ २०७९, बुधबार  १३ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।